कनकपत्र । 

८ असोज, हुम्ला ।। जिल्लाको सामाजिक सचेतना तथा भौतिक पूर्वाधारका लागि सहयोग गरेको सामुदायिक विकास कार्यक्रमले दश करोडको भौतिक तथा सामाजिक सचेतना कार्यक्रमको स्वामित्व हस्तान्तरण गरेर बाहिरिएको छ । यो कार्यक्रमले हुम्ला जिल्लाका साविक दश गाविसमा आफ्नो कार्यक्रम सञ्चालन गरेको थियो ।

जिल्लाको स्वास्थ्य, शिक्षा, सिंचाई, विद्याललय तथा अन्य क्षेत्रको भौतिक पूर्वाधारमा सहयोग गरेको थियो । छ गाउँपालिकाका १९ वडामा १३ वटा विद्यालय भबन, तीन खानेपानी, तीन स्वास्थ्य भबन र एक सिंचाई आयोजना निर्माण गरेको जानकारी जिल्ला संयोजक राजबहादुर रोकायाले दिए ।

यसबाट करीब चार हजारले प्रत्यक्ष रुपमा लाभान्वित भएका थिए भने एक हजार ६ सय ३३ जनाले प्रत्यक्ष रोजगार पाएका थिए । एक सय ६३ सामुदायिक सचेतना केन्द्रमार्फत एक सय ४७ गतिविधि सञ्चालन गरेको छ । ११ वटा व्यावसायिक तालिम सञ्चालन गरेको थियो ।

जिल्लाको पूर्वाधार विकास तथा सामुदायिक सचेतनाका लागि ८ करोड २६ लाख ९८ हजार ३ सय १६ रकम खर्च गरेको छ । यसका साथै विभिन्न कार्यक्रममा ४ लाख २९ हजार ५ सय ३२ रकम खर्च गरेको छ ।

कार्यक्रम सञ्चालन खर्च १३ लाख ९७ हजार ४ सय ३ पैंशा४ पैशा र पूरै अवधिभर लतव भत्ता बापत १ करोड ७० लाख ९५ हजार ४ सय ८ पैंशा २७ भएको छ ।

यसका लागि बेलायती सहयोग नियोगले आर्थिक सहयोग र ग्रामीण पूर्नःनिमार्ण नेपाकको प्राविधिक तथा व्यवस्थापकीय सहयोग रहेको थियो । यो कार्यक्रमको स्वामित्व हस्तान्तरण जिल्ला समन्वय समितिका संयोजक दान बहादुर रावतलाई कार्यक्रम संयोजक राजबहादुर रोकायाले एक कार्यक्रम बीच हस्तान्तरण गरेका छन् ।

Source: http://www.kanakapatra.com (24 September 2018)