युगबोध समाचारदाता

नेपालगञ्ज, ५ मंसिर । बा“के जिल्लाका महादेवपुरी, बनकटुवा, नौवस्ता, मनिकापुर र बागेश्वरी गाविसका २३ ग्रामीण महिला र २ पुरुष गरी २५ जनाले नेपाल ग्रामीण पुनर्निर्माण संस्था -आरआरएन) बा“केको समुदाय सहयोग कार्यक्रम अर्न्तर्गत आयआर्जनका लागि खाद्य प्रशोधन तथा घरपरिवारको खाद्य सुरक्षाका लागि ७ दिने तालिम पाएका छन् । उक्त तालिमबाट उनीहरु चाउमिन, चाउचाउ, सस, विभिन्न थरीका अचार, आलुचिप्सलगायतका गाउ“मा उपलब्ध कृषि उत्पादनबाट बन्ने खाद्य पदार्थहरु बनाउन जान्ने भएका छन् । ‘हामीलाई थाहै थिएन घरवरिपरिका बस्तु उत्पादनले यति मिठो र पोषिला खाद्यबस्तु तयार हु“दोरहेछ, अब केटाकेटीलाई पनि प्याकेटका सामानप्रतिको मोह घटाउन सकिने भयो’- बागेश्वरी तरकारी उत्पादन समूहकी माया गुरुङ्गले भनिन् । यस्तै महिला समूहमार्फ अचार बनाउने सानो उद्योग खोल्न प्रेरणा मिलेको कुरा सिंहभवानी महिला बचत तथा तरकारी समूहकी अध्यक्ष उषा खत्रीले सुनाइन् ।

‘गाउ“को पर्ूवाधार तथा जीविकोपार्जनमा सहयोग गर्दै जा“दा ग्रामीण महिलाहरुबाटै आरआरएनसमक्ष यो तालिमको माग आएको थियो’- जिल्ला संयोजक दुर्योधन अधिकारीले भन्नुभयो । तालिम समापन सत्रमा आरआरएनका क्षेत्रीय संयोजक भानु पराजुली, क्षेत्रीय खाद्य प्रशोधन प्रविधिका प्रमुख बेदनाथ गौतम, खाद्य प्रविधि अधिकृति विनोद श्रीवास्तवले बोल्नुभएको थियो । ७ दिने तालिमको सहजीकरण क्षेत्रीय खाद्य प्रविधि प्रयोगशालाका प्रमुख बेदनाथ गौतम तथा विनोद श्रीवास्तवले गर्नुभएको थियो ।

सो अवसरमा ग्रामीण क्षेत्रमा खाद्य असुरक्षा व्याप्त रहेकाले खाद्य सुरक्षाको सवालमा तालिममा सिकिएका कुरालाई व्यवहारमा उतार्न सके बालबालिका तथा महिलाको स्वास्थ्यमा सुधार हुनसक्ने धारणा आरआरएनका क्षेत्रीय प्रमुख पराजुलीले रँख्नुभयो । सो अवसरमा तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Source:  Yugbodh Weekly [6 Mansir 2065]