पूर्वेली टाईम्स, MAY 25, 2013

दमक ।

झापाको धरमपुरका चारवटा महिला कृषक समुहलाई नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आरआरएन) दमक झापाले निःशुल्क तरकारीको बिऊबिजनहरु बितरण गरेको छ ।

ग्रामिण क्षेत्रमा बसोबास गर्ने महिलाहरुको आयआम्दानीमा टेवा पुगोस् भन्ने उद्देश्यले आरआरएन दमक झापाले ३७ हजार रूपैयाँ मुल्य बराबरका विभिन्न जातका तरकारीका बिऊबिजनहरु बितराण गरेको हो ।

स्थानीय सामाजिक परिचालक मनकुमार श्रेष्ठले दिएको जानकारी अनुसार सृजना कृषक समुह, उन्नतशिल कृषक समुह, सृजनाशिल कृषक समुह र जनज्योति कृषक समुहलाई तरकारीका बिऊबिजनहरु बितरण गरिएका हो ।

१५ बर्षदेखि माथिका महिला कृषकहरुलाई समुहमा आवद्ध गरेर आयआम्दानी कसरी गर्ने र आम्दानीलाई कसरी बचत गर्ने भन्ने बिषयमा तालिमहरु आयोजना गदै आइरहेको र ती समुहलाई उत्पादन र आयआम्दानी क्षेत्रको पहिचान गरी बिभिन्न कार्यक्रमहरु संचालन गदै आएको आरआरएनले जनाएको छ ।

खासगरी मौसमी र बेमौसमीको रुपमा रहेका तरकारीहरु काँक्रा, करेला, भिण्डी. लौका, घिरौला र र्बैगुन लगायतका बिऊबिजनहरु बितरण गरिएको हो । यसरी बितरण गरिएको बिऊबिजनहरुवाट उत्पादित तकारीहरुवाट हुने आम्दानीको १० प्रतिशत रकम आरआरएन दमकलाई बुझाउनु पर्ने श्रेष्ठले बताए । उनले खेर गइरहेको जमिनलाई प्रयोग गरी तरकारीमा बिषादी रहित र अर्ग्यानिक तरकारीहरु उत्पादन गर्ने जानकारी दिए ।

आरआरएन दमकले गड्यौला उत्पादन र ब्यबवस्थापन, गड्यौलावाट मल उत्पादन, गोबरमल उत्पादन र यसको प्रयोगबारे बिभिद पक्षका बारेमा सचेतना मुलक तालिमहरु प्रदान गरिएको बताइएको छ ।

Source: www,purbelitimes.com