२७ चैत, भोजपुर । जिल्लाको अन्नपूर्ण गाउँ विकास समितिका अति विपन्न गरिब घर परिवारलाई हिहल्र्ड नेपाल भोजपुरले निशुल्क सोलार सेट वितरण गरेको छ ।

जिल्लास्थित राजनीतिक दलका नेताहरुलाई साक्षी राखेर हिहल्र्डले ३२ घरधुरी गरिव परिवारलाई २० वाट क्षमताको सोलार सेट उनीहरुका घरैमा पुगेर बुधबार वितरण गरेको हो ।

आरआरएन र एमएसएफपिको सहयोगमा सञ्चालित बहुसरोकारवाला वन कार्यक्रमअन्तरगत अन्नपुर्णका रेडक्रस रानीवन र हर्कटे आम्लाला सामुदायिक वन उपभोक्ता समुहका गरिव घरधुरीलाई सोलार सेट दिइएको हिहल्र्ड नेपालका अध्यक्ष शरणकुमार राईले बताए ।

टुकीको भरमा रात बिताउँदै आएका हर्कटे आम्लाला वन उपभोक्ता समितिका सदस्य भीमबहादुर सार्कीले अब अँध्यारोमा बस्ने दिन सकिएको बताए ।

यस वर्ष ६५ घर परिवारमा सोलार सेट वितरण कार्यक्रम रहेको अध्यक्ष राईले बताए । जलविद्युत नपुगेको गरिव दलितहरुको बस्तिमा सोलार सेट दिएर अँध्यारोमा बस्नुपर्ने बाध्यता अन्त्य गरी नानीहरुको अध्ययनलाई टेवा दिने लक्ष्य रहेको हिहल्र्ड नेपालले जनाएको छ।

Source:www.onlinekhabar.com (२०७० चैत २७ गते)