आर.आर.एन.का सबै तहका पदाधिकारी, कर्मचारी तथा कार्यक्रमहरुमा निम्न बमोजिमको १२ बुँदे आधारभूत मार्गनिर्देशन तथा आचारसंहिता लागू गरिएको छ :
१. हाम्रा कार्यक्रमहरु नेपाली नागरिकहरुको जीवनस्तरमा सुधार ल्याउन, गरिबी घटाउन, आधारभूत आवश्यकताहरु परिपूर्ति गर्न र समुदायहरुलाई आत्मनिर्भर हुनमा केन्द्रित हुन्छन् ।
२. हाम्रा कर्मचारीहरुले स्थानीय चुनाव तथा त्यस सम्बन्धि कुनै पार्टी तथा उम्मेदवारहरुका बारेमा सामाजिक संजालहरुमा कुनै प्रकारको प्रचारप्रसार गर्ने छैनन् ।
३. हाम्रा कुनै पनि कार्यक्रम तथा परियोजनाहरुमा राजनीतिक नेता तथा चुनाव सम्बन्धि गतिविधि हुन दिँदैनौ ।
४. हामी नागरिकको जनमर्यादा, संस्कृति, धर्म र रीतिरिवाजलाई सम्मान गर्दछौं ।
५. हामी खासगरी लिंग, जातिगत, जात र धर्मको आधारमा गरिने भेदभाव र सामाजिक बहिष्कारजस्तो आचरणलाई सुधार्नमा हाम्रो सहयोगलाई सुनिश्चित गर्न खोज्दछौ ।
६. हाम्रा कर्मचारीहरुलाई हिंसा, अपहरण, र त्रास वा अन्य कुनै किसिमको धम्की दिने कार्य हामीलाई स्वीकार्य हुनेछैन ।
७. राजनीतिक दलहरुलाई कुनै किसिमको चन्दा तथा कुनै किसिमको करकापमा नगद वा जिन्सी कसैलाई प्रदान गर्दैनौँ ।
८. हाम्रो संस्थाका सवारीसाधनहरु तथा कार्यक्रमका उपकरण, मालसामानहरु र साधनहरु राजनीतिक दल, उमेदवारहरु तथा चुनावसम्बन्धि कार्य लागि प्रयोग गर्न दिइने छैन ।
९. हामी सम्बन्धित सबै पक्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवीय सिद्धान्तहरु तथा मानव अधिकार कानुनको स्पष्ट पालना गर्ने अपेक्षा राख्दै उनीहरूलाई यस निम्ति प्रोत्साहित गर्दछौं ।
१०. संस्थाका पदाधिकारी तथा कर्मचारीहरु कुनै पनि पार्टीका चुनावी अभियानमा संलग्न हुने छैनन् भने चुनावसम्बन्धि विवाद तथा झगडाहरुमा भाग लिने छैनन् ।
११. हाम्रो संस्था मानवधकिार तथा विकास संस्था भएकाले हाम्रा पदाधिकारी तथा कर्मचारीहरुले स्थानीय चुनावलाई जो जहाँ छ, निश्पक्ष भएर जनमताधिकार प्रयोगको पर्यवेक्षण तथा अनुगमन गर्न पनि सक्नेछन् ।
१२. सबै कर्मचारीहरुलाई स्थानीय चुनावको सिलसिलामा मताधिकार प्रयोग गर्नका लागि यहि बैसाख २९ र ३० गते विदा दिइने छ ।