Press Release » |
|
प्रेस विज्ञप्ती
आर्थिक, सामाजिक
तथा सांस्कृतिक
अधिकारको उल्लङ्घनलाई
पनि न्यायिक
उपचारको दायरामा
ल्याइनु पर्ने
पौष
४ २०६४, काठमाडौं
।
खाना, आवास,
सुरक्षित खानेपानी,
स्वास्थ्य
र शिक्षाको
अधिकार जस्ता
आधारभूत मानवअधिकारको
रुपमा रहेको
आर्थिक, सामाजिक
र सांस्कृतिक
अधिकारलाई
राजनीतिक तथा
नागरिक अधिकारको
तुलनामा दोस्रो
दर्जाको अधिकारको
रुपमा बुझिने
गरिएको कुरा
मानवअधिकार
तथा नागरिक
समाजका अगुवाहरुले
बताएकाछन्
। नेपाल ग्रामीण
पुनर्निर्माण
संस्था, एक्सनएड
नेपाल र जुरिष्टहरुको
अन्तर्रर्ााट्रय
आयोगको संयुक्त
आयोजनामा आज
काठमाडौंमा
सम्पन्न 'आर्थिक,
सामाजिक र
सांस्कृतिक
आधिकार' सम्बन्धी
गोष्ठिका विज्ञ
तथा सहभागीहरुले
आर्थिक, सामाजिक
र सांस्कृतिक
अधिकारमाथिको
उल्लंङ्घनको
विषयलाई न्यायिक
उपचारको दायरामा
ल्याइनु पर्ने
र कुरामा जोड
दिएका छन्
।
'विविध ऐतिहासिक
कारणहरुबाट
राजनीतिक र
नागरिक अधिकारको
तुलनामा आर्थिक,
सामाजिक र
सांस्कृतिक
अधिकारको विषय
विगत शताब्दीभरि
नै छाया“मा
परेको थियो
। तर हाल यी
अधिकारलाई
व्यवहारमा
उतार्नका लागि
राष्ट्रिय
र अन्तर्रर्ााट्रय
रुपमा नै विभिन्न
पहलहरु भैरहेकाछन्
र नेपालमा
यसका लागि
नागरिक समाजले
दवावकारी र
सहयोगी भूमिका
निभाउनु पर्दछ
।' गोष्ठिका
प्रमुख अतिथि
राष्ट्रिय
मानवअधिकार
आयोगका सदस्य
श्री गौरी
प्रधानले भन्नुभयो
। सोही अवसरमा
भारतमा बा“धाश्रम
उन्मुक्तिको
न्यायिक फैसला
गरी चर्तित
हुनु भएका
भारतका भूतपूर्व
प्रधानन्यायधिस
श्री पी.एन.
भगवतीले गरिबी,
अशिक्षा, भोकमरी,
जनस्वास्थ्य
र बा“धाश्रम
जस्ता आर्थिक,
सामाजिक र
सांस्कृतिक
अधिकारस“ग
सम्बन्धित
विषयलाई कानुनी
उपचारको दायरामा
ल्याउन भारतको
नागरिक समाजले
खेलेको भूमिकाको
चर्चा गर्दै
नेपाली नागरिक
समाजले पनि
बञ्चित समुदायको
अधिकार स्थापित
गर्न महत्वपर्ूण्ा
भूमिका खेल्न
सक्ने कुरा
बताउनुभयो
।
आर्थिक,
सामाजिक र
सांस्कतिक
अधिकारसम्बन्धी
राष्ट्रसंघीय
अनुबन्धको
राज्य पक्षको
हैसियतले नेपालले
दुइवटा प्रतिवेदन
यससम्बन्धी
राष्ट्र संघीय
समितिमा पेश
गरिसकेको भएता
पनि नेपालमा
जातपातको आधारमा
गरिने भेदभाव
र महिलाविरुद्ध
हुने हिंसा
र विभेद, बालश्रम,
बाँधाश्रममाथिको
प्रतिबन्धको
उल्लंङ्घन
हुने अवस्थामा
पनि प्रभावकारी
कानुनी र प्रशासनिक
उपचारको व्यवस्था
अझै हुन सकेको
छैन । यसैगरी
खाद्य अधिकार,
सुरक्षित खानेपानीको
अधिकार, आवासको
अधिकार र शिक्षाको
अधिकार जस्ता
आधारभूत मानवअधिकारबाट
बञ्चित समुदायका
लागि प्रभावकारी
संयन्त्रको
निर्माण गरी
ती अधिकारहरुलाई
स्थापित गरिनु
पर्ने कुरामा
कार्यक्रमका
विज्ञ तथा
सहभागीहरुले
जोड दिएका
थिए ।
सरकारी
अधिकारीहरु,
नागरिक समाजका
अगुवाहरुका
साथै विभिन्न
अन्तर्राष्ट्रय
संस्थाका प्रतिनिधिहरु
सहभागी रहेको
सो कार्यक्रम
आरआरएनका निर्देशक
डा. र्सवराज
खड्काको सभापतित्वमा
सम्पन्न भएको
थियो ।
|