राजन रावत

हुम्ला,२८ माघ । सर्केगार्ड गाँउपालिका वडा नम्वर ७ कार्कीवाडाका आगलागी पिडितहरुलाई राहत बितरण गरिएको छ ।

जिल्लामा आय आर्जन, भौतिक पुर्वाधार तथा दैवि प्रकोपका क्षेत्रमा काम गर्दै आएको सामुुदायीक बिकास कार्यक्रमले सो राहत बितरण गरेको हो । आगालागीबाट १४ घरमा क्षेती पुुगेको र उनीहरुलाई कार्यक्रमले राहात सामाग्री बितरण गरेको कार्यक्रमका जिल्ला संयोजक राज बहादुुर रोकायाले बताउनुु भयो ।

राहात सामाग्री पाउनेमा जय बहादुर बोहरा, खडक बहादुर कार्की, बल बहादुर कार्की, शेर बहादुर कार्की, लालवीर कार्की, नैन बहादुर कार्की, लटारो कार्की, खडक बहादुर कार्की, कालीबहादुर कार्की, रणवीर रावल, प्रजित कार्की, चक्र कार्की, मेघजंग शाही र राजेन्द्र शाही रहेको उहाँले बताउनुु भयो ।

राहातलाइृ कार्यक्रमले स्थलगत रुपमा पुुगेर बितरण गरिएको र जसमा व्लाङ्केट ३२ थान, डसना १६ थान, हेन्डवास डिटोल १६ थान, डिटोल सावुुन ६४ पिस, वाल्टिन १६ थान, टुुथ व्रस ६४ थान, कोलगेट १६ थान, टावेल १६पिस, सेनिटरी प्याड १६ प्याकेट, गज १६ पिस र नेलकट १६ पिस राहात स्वरुप बितरण गरिएको र यसका लागि वजेट पाँच लाख खर्च भएको कार्यक्रमले जनाएको छ । राहात बितरण बाट आगालागी पिडितलाई पोलेको घाउमा मलाम लगाउने कार्य भएको वडा अध्यक्ष कृृष्ण प्रसाद जैशीले बताउनुु भयो ।

माग १३ गते आगलागी भएको थियो ।