राजन रावत, हुम्ला २६ असार । जिल्ला अस्पतालमा पहिलो पटक एक्सरे मेशिन संचालनमा आएको छ । यसवाट स्यानो घाँउ चोटको एक्सरे गर्न जिल्ला वाहिर रिफर गर्नु पर्ने वाध्यतावाट अस्पताललाई सहज भएको छ भने एक्सरे कै लागि लाखौं रुपैया हुम्लीले खर्च नगर्न पर्ने भएको छ ।

पाखुराको कुहिनामा चोट लागेर गत वर्ष एक्सरे गर्न नेपालगंज जानु परे पनि यस वर्ष खुट्टामा चोट लाग्दा एक्सरे जिल्ला अस्पताल मै हुँदा लाखौं रुपैया खर्चवाट वचेको सिमकोट गाँउ पालिका वडा नम्वर ८ का चक्र वुढाले वताउन भयो ।

यो समस्यावाट वुढा मात्र होइन अव जिल्ला अस्पतालमा एक्सरे मेशिन संचालनमा आउदा सवै हुम्लीलाई आर्थिक रुपमा लाभ मात्र पुगेको नभई सुविधा पनि भएको प्रमुख जिलला अधिकारी धन प्रसाद शर्मा पौडेलले वताउनु भयो ।

जिल्ला अस्पतालमा भएको पुरानो एक्सरे मेशिन राम्रोसंग संचालन मै नआई विग्रेको र एउटा स्यानो घाउ चोटका लागि पनि एक्सरे गर्न नेपालगंज रिफर गर्न पर्ने वाध्यता हटेको जिलला अस्पतालका डाक्टर स्मृृति महतले वताउन भयो । हालै संचालनमा आएको सो एक्सरे गर्न अहिले दैनिक ५ देखि ६ जना जिल्ला अस्पतालमा आउने गरेको र हालसम्म मेशिन संचालन भए देखि ६० देखि ६५ जनाको विभिन्न रोगको एक्सरे भैसकेको डा. महतले वताउन भयो ।

हाल संचालनमा आएको एक्सरे मेशिनवाट सवै प्रकारका हड्डी तथा अन्य रोगहरुका एक्सरे गर्न सकिने डा. महतले वताउनु भयो । यसवाट हुम्ली जनताहर एक्सरे गर्न कै लागि लाखौं रुपैया खर्च गर्न पर्ने वाध्यतावाट मा नजोगिई जिल्ला मै एक्सरे भए पछि सवै हुम्लीको पहुँच पुग्ने उहाँले वताउन भयो । सिमकोटको विधत नियमित नहँदा केही समस्या हुन्छ कि भन्ने भए पनि हालसम्म भने राम्रो संग संचालन भएको सो फाँटका प्राविधिक कल वहादुर रावतले वताउनु भयो ।

अस्पताल शुदृढिरण कार्याक्रमवाट खरिद गरिएको र नेपाल अस्ट्रेलिया साझेदारी कार्यक्रमले ढुवानीमा सहयोग गरिको डा महतले वताउनु भयो । विगत केही वर्ष देखि जिल्लामा सो मेशिन संचालन गर्नका लागि सवैतिरवाट आवाज उठे पनि वल्ल सो समस्या समधान भएको छ । यसका लागि एक महिना अगाडी सामुदायी विकास कार्यक्रमले दई कोठे भवन निर्माण गरेको कार्यक्रमका जिल्ला संयोजक राज वहादुर रोकायाले वताउनुभयो ।

Source: http://nepalbani.com (2017/07/10)