वैशाख १२ गते गएको महाभूकम्पका सम्बन्धमा नागरिक संगठनहरुको तर्फबाट संयुक्त विज्ञप्ति

वैशाख १२ गते गएको महाभूकम्पका सम्बन्धमा नागरिक संगठनहरुको तर्फबाट संयुक्त विज्ञप्ति

May 1, 2015

यही वैशाख १२ गते देशव्यापी रुपमा गएको महाभूकम्पका कारण भएको व्यापक धनजनको क्षतिप्रति हामी सामाजिक क्षेत्रमा आवद्ध नागरिक संगठनहरु गहिरो दुःख व्यक्त गर्दछौँ । यस विध्वम्सकारी प्रलयका कारण ज्यान गुमाउनु भएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ । साथै प्रलयमा परि अङ्गभङ्ग तथा घाइते भएका व्यक्तिहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

यसै बीच उद्दार तथा राहत वितरण कार्यमा सरकारले देखाएको तदारुकताको प्रशंम्सा गर्दै नागरिक संगठनहरुबाट प्रभावित जिल्लाका गाउँ गाउँमा पुगी गरिएको अनुगमन तथा सरकारसँग संयोजन तथा सहयोग गर्ने कार्यमा देखिएका तत्कालिन चुनौतिहरुको विश्लेषण गरी नेपाल सरकारसँग तत्काल गर्नु पर्ने कार्यका लागि निम्न लिखित कुराहरुमा विशेष ध्यान पुर्याएर अघि बढ्न सरकारी निकाय, अन्तरसरकारी निकाय, दातृनिकाय तथा मानवअधिकारवादी संघसंगठनमा आवद्ध सबै संघसंस्थालाई हार्दिक अपिल गर्दछौँ ।

  1. अति प्रभावित जिल्लाका सदरमुकामदेखि दुर्गम तथा उत्तरी क्षेत्रमा सरकारको उपस्थिति तुरुन्तै हुनु पर्ने देखिएकोमा हामी नागरिक संगठनहरु सरकारका जिल्ला दैवीप्रकोप उद्धार समिति मार्फत भौतिक सामग्री, स्वास्थ्य तथा सुरक्षाको क्षेत्रमा जिम्मेवार निकायहरुसँग सहकार्य गरी उक्त प्रभावित गाउँ तथा समुदायमा पुग्ने तथा पु¥याउने तर्फ सहयोग गर्ने वातावरण तत्काल सिर्जना गर्न सरकारसँग हार्दिक अपिल गर्दछौँ । यस्तो कार्यमा उद्दारको प्रकृति र आवश्यकतालाई हेरि नीजि तथा सामुदायिक सबै क्षेत्रहरुलाई एकद्वार नीतिमा मात्र अडिग नरहन र राहत वितरण कार्यमा राजनीति नहुने वातावरण सुनिश्चित गर्न समेत आग्रह गर्दछौँ ।
  2. सरकारद्वारा हालै जारी गरिएको भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत सहयोग संचालन कार्यविधि, २०७२ मा केन्द्र, जिल्ला र समुदायमा स्थापित नागरिक संघसंगठनलाई संलग्न गरी कार्यलाई सघाउ पु¥याउन जोडदार माग गर्दछौँ ।
  3. प्रभावित जिल्ला तथा क्षेत्रलाई संकट ग्रस्त क्षेत्र घोषणा गर्ने नाममा संविधान प्रदत नागरिकका अधिकार कटौति गर्ने वातावरण कुनै पनि हालतमा सिर्जना हुन नहुने तर्फ सजग गराउन चाहन्छौँ ।
  4. उद्दार कार्यको सिलसिलामा भगनावशेषबाट जीवित उद्दार वा शवहरुको पहिचान गर्ने कार्यलाई पहिलो प्राथमिकता दिन विनम्र आग्रह गर्दछौँ । मानवीय तथा भौतिक क्षतिका कारण व्यक्तिहरुमा पर्न गएको मानसिक सन्त्रास हुन नदिने वातावरण तयार गर्न समेत आग्रह गर्दछौँ ।
  5. प्रभावित क्षेत्रहरुमा जीवन बचाउन तत्काल चाहिने प्लाष्टिक, टेन्ट, तिर्पाल, स्वास्थ्य उपचार सामाग्री र स्वास्थ्य कार्यकर्ता तथा तत्काल खाने कुरा उपलब्ध गराउने कार्यलाई विशेष महत्वमा राखि कार्य गर्न सरकारसँग हार्दिक अपिल गर्दछौँ ।
  6. समुदाय स्तरसम्म सशक्त उपस्थितिका साथ कार्य गर्दै आएका जिल्ला जिल्लामा स्थापित गैरसरकारी संस्थाहरुसँग समन्वय गरिने संयन्त्र तत्काल स्थापना गर्न अनुरोध गरिन्छ ।
  7. अहिलेको गम्भीर विपत्तिका बेलामा उद्दार तथा राहत वितरण कार्यलाई प्रभावकारी बनाउन स्वयंसेवक परिचालन मार्फत उद्दार कार्यमा लाग्न राजनीतिक दलका कार्यकर्ता, विद्यार्थी शिक्षक, कर्मचारी तथा गैरसरकारी संस्थाका व्यक्तिहरुलाई परिचालन गर्ने वातावरण तयार गर्न अनुरोध गरिन्छ ।
  8. जिल्ला जिल्लामा वास्तविक क्षतिको विवरण संकलन गर्ने कार्यलाई प्राथमिकता दिँदै ¥यापिड एसेस्मेन्ट टिम तयार गरी कार्य गर्न अनुरोध गरिन्छ ।
  9. विभिन्न देशहरुबाट उपलब्ध स्रोत साधनहरुलाई जिम्मेवारीका साथ ल्याउने, वितरण गर्ने तथा अनुगमन र प्रक्षेपण गर्ने नाममा अनावश्यक भ्रम सिर्जना हुन नदिने वातवरण तथा सामाजिक सञ्जाल मार्फत भ्रम सिर्जना हुन नदिने वातावरण सुनिश्चित गर्न अनुरोध छ ।
  10. प्रभावितहरुमा पनि महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा गरिव र विपन्न परिवारको विशेष प्रकृतिलाई मध्यनजर गर्दै उहाँहरुको पुनस्र्थापना तथा खानपान र स्वास्थ्य उपचारको कामलाई विशेष प्राथमिकता दिन अनुरोध गर्दछौँ ।
  11. उद्दार तथा राहत वितरणको कार्यलाई प्राथमिकतामा राख्दा खोजी उद्दार राहत तथा पुनस्र्थापनाको समयावधि तोकि कार्य गर्न समेत सरकारसँग अनुरोध गरिन्छ ।

  • गैरसरकारी संस्था महासंघ नेपाल
  • शान्तिका लागि साझा अभियान (COCAP)
  • नेपाल युवा संस्था सञ्जाल (AYON/YOAC)
  • NCE Nepal
  • गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा, काभ्रेपलान्चोक (NFN/KP)
  • MBBS
  • JCYCN
  • ESDO Nepal
  • मानवअधिकार एलाएन्स (HR Alliance)
  • गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा, काठमाण्डौँ (NFN/KTM)
  • ASD
  • NYFN
  • जागरण मिडिया सेन्टर (JMC)
  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (INSEC)
  • SOYA
  • WIPAA
  • गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा, भक्तपुर (NFN/BKT)
  • दलित गैरसरकारी संस्था महासंघ नेपाल (DNF)
  • NASCIF
  • WOFOWON
  • युवालय
  • CCN
  • RACE Nepal
  • CWIN Nepal
  • गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा, ललितपुर (NFN/LPR)
  • बियोण्ड बेइजिङ्ग कमिटि (BBC)
  • राष्ट्रिय मानव अधिकार प्रतिष्ठान (HURFON)
  • मानव अधिकार तथा प्रजातान्त्रिक मञ्च (FOHRID)
  • RICoD
  • ACORAB
  • JFHR
  • नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन)
  • SAAPE
  • NIRN Nepal
  • समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (CWISH)
  • HH Association Nepal

About RRN

Rural Reconstruction Nepal (RRN) is a Nepali non-government, not for profit, social development organisation, initially set up as a small organisation in 1989

Contact Us

  • 288 Gairidhara Marg, Kathmandu, Nepal
  • +977 1 4004976, 4004985
  • rrn@rrn.org.np