चरीकोट: दोलखा झुले ८ की मसली तामाङ सरकारले दिने भनेको मौसमी राहतको पर्खाइमा बसेको झण्डै दुई महिना भयो । घर भत्किएपछि जस्ताको टहरामा बस्दै आएका उनीसहित उनको परिवारको आशा भनेको सरकारले दिने भनेको १० हजारबाट न्यानो किन्ने र लाउने भन्ने नै हो ।

उनले गाउँमा रकम बाँढेको खबर पनि सुनिन् तर उनको घरसम्म रकम आइपुगेन रकम नपाएपछि उनी भन्न लागेकी छन्, ‘सरकार, के अब हामी चिसोले मरेपछि मात्र राहत पठाउँछौं रु न्यानोको आवश्यकता परेको बेला रकम नपठाएपछि अब कहिले पठाउँछ रुु यस्तै झुले ८ कै अम्बरबहादुर कार्कीको पनि गुनासो उस्तै छ ।

घर भत्किएपछि जस्ताको टहरामा रात बिताउँदै आएका कार्कीले सरकारले आफूहरूलाई हेलाँ गरेको आरोप लगाए । सस्तो लोकप्रियताको लागि एक साताभित्र सबै भूकम्पपीडितको घरघरमा दस हजार रुपैयाँ पुर्‍याउने घोषणा गरे पनि त्यसलाई कार्यान्वयन गर्न नसकेको बताए । ‘सरकारले नै बोलेको कुरा पूरा गर्न सक्दै भने यो देशमा कस्को कुरा पत्याउनेु, आक्रोशित हुँदै उनले भने ।

रकम नआउँदा आफूहरूलाई गाउँ जान निकै समस्या भएको सचिवहरूको भनाइ छ । गाउँमा जाँदा स्थानीयहरूले रकम माग्ने भएकै कारण गाउँ जानसमेत समस्या भएको झुले गाउँ विकास समितिका सचिव सुनील बस्नेतले बताए ।

आफूहरू जसोतसो गरेर बसे पनि ८० वर्षीया आमालाई भने चिसो बाट जोगाएर राख्न धेरै समस्या भएको उनले बताए । चिसोका कारण आमा बिरामी भएको उनको भनाइ छ । अन्य गाविसमा विभिन्न सघंसस्थाले न्यानो कपडा वितरण गरेको खबर सुनेको बताउँदै उनले आफ्नो गाउँमा भने कुनै पनि संघसंस्थाबाट सहयोग नपाएको बताए ।

उनले पहिलो चरणमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था ९आरआरएन० मार्फत जस्तापाता र त्रिपाल सहयोग पाएको र त्यसपछिका कुनै पनि राहत आफ्नो गाविसमा नआएको बताए । झुले गाविसमा आरआरएन नामक संस्थाले सहयोग गर्ने भने पनि अन्य सघंसंस्थालाई गाउँमा आउन रोकेको खबर सुनेको भन्दै यस्तो नगर्नसमेत उनले आग्रह गरे ।

जिल्ला प्रशासन कार्यालय दोलखाबाट निकासा भएको रकम गाउँमा बाढ्न समस्या भएपछि सर्वदलीय सहमतिमा वडा नम्बर १ बाट बाँढ्न सुरु गरिएको र वडा नम्बर ६ मा आइपुगेपछि पैसा सकिएको गाविसका सहलेखापाल रामबहादुर कार्कीको भनाइ रहेको छ ।

आफूहरूले चहाँदा चहाँदै पनि सबै पीडितलाई रकम बाँढ्न नसकिएको सहलेखापाल कार्कीको भनाइ छ । यो समस्या झुले गाविसको मात्र नभई दोलखाका झण्डै २६ हजारभन्दा बढी स्थानीयको हो । जिल्लामा दुई दिन राम्रोसँग घाम लागे पनि पुनः पानी र हिमपात सुरु भएको छ । जिल्लाको उच्च भूभागमा हिमपात भएको छ भने धेरै भागमा पानी परेको छ । पानीका कारण चिसो ह्वात्तै बढेको छ ।

चिसो बढेपछि भूकम्पपीडितहरूको बिचल्ली भएको छ । जस्ताको छानोमा घाम लाग्दा धेरै गर्मी हुने र पानी पर्दा धेरै चिसो हुने भएकाले पनि पीडितहरू अझै पीडित बनेका हुन् । सरकारले घर बनाउने मापदण्ड नबनाइदिएको र अनुदान रकम दिने घोषणा गरेकै कारण पक्की घर बनाउन स्थानीयहरूले आनाकानी गरिरहेका छन् ।

सोमबार दिउँसोबाट सदरमुकाम चरीकोटलगायत अधिकांश स्थानमा पानी परेको छ । पानी परेपछि चिसो एक्कासि बढेको छ । सरकार गम्भीर नभएकै कारण जिल्लामा एक दर्जनभन्दा बढी भूकम्पपीडितहरूको ज्यान गएको भन्दै तत्काल १० हजार रुपैयाँ सबै पीडितहरूलाई पुर्‍याउनुपर्ने नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवी मास्केको भनाइ छ ।

सरकारले भूकम्पपीडितको नाममा विभिन्न सहयोग गर्ने प्रतिवद्धता जनाएर लोकप्रियता कमाउन खोजे पनि कार्यान्वयन गर्न नसक्दा पीडितहरूलाई झन् पीडा दिएको संयोजक मास्केको भनाइ छ । पछिल्लो समय धेरै संघसंस्थाले जिल्लाको उत्तरी गाविस केन्द्रित गरी न्यानो कपडा वितरण गरेको र दक्षिणी झुले, भीरकोट, जफे, मेलुङलगायतका गाविसका स्थानीय चिसोको मारमा परेकाले सो क्षेत्रमा पनि सहयोग गर्नुपर्ने उनले बताए ।

अर्थले पैसा नपठाउँदा समस्या भयोः प्रजिअ

यसैबीच जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले गृहमन्त्रालयबाट निकासा भएको रकम गाउँगाउँमा पठाइसकिएको र बाँकी रकम माग गरी केन्द्रमा पठाइएको बताए । आफूहरूलाई प्राप्त जानकारी अनुसार अर्थमन्त्रालयले रकम निकासा नगर्दा समस्या भएको उनले बताए ।

सरकारले एक साताभित्र रकम सबै पीडितहरूलाई पठाउने र सहयोग नगर्ने कर्मचारीलाई कारबाही गर्नेसमेतको चेतावनी दिइएको थियो । सरकारको निर्देशनलगत्तै जिल्लाका प्रमुख जिल्ला अधिकारी लामिछाने र स्थानीय विकास अधिकारी सीता परियार आफैं गाउँगाउँमा पुगेर रकम बाँढेका थिए ।

प्रशासनले आवश्यक रकम निकासा नगरपछि गाउँ विकास समितिका सचिवहरूले रकम बुझ्न आनाकानी गरेका थिए । तर प्रजिअ र स्थानीय विकास अधिकारी नै गाउँमा जान लागेपछि रकम बाढ्न सुरु गरे पनि तीन साता बितिसक्दा पनि बाँकी रकम आउन सकेको छैन । रकम नआउँदा आफूहरूलाई गाउँ जान निकै समस्या भएको सचिवहरूको भनाइ छ ।

गाउँमा जाँदा स्थानीयहरूले रकम माग्ने भएकै कारण गाउँ जानसमेत समस्या भएको झुले गाउँ विकास समितिका सचिव सुनील बस्नेतले बताए । जिल्लामा चिसो बढेपछि भूकम्पपीडितहरू बिरामी पर्न थालेका छन् । रुघाखोकी, ज्वरो, जिउँ दुख्ने, आँखा सुन्निनेलगाइतका समस्या आएको स्थानीयको भनाइ छ ।

Source: www.nayapage.com ( माघ १३, २०७२)